पूर्वाञ्चल खबर
विराटनगर / नेपाली राजनीतिका शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा “संग्राहालय” निर्माण हुने भएको छ ।
विराटनगर —७ स्थित कोइराला निवासमा बन्ने “संग्राहालय”को जीपी फाउण्डेशन अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आज संग्राहालय भवनको एक कार्यक्रमका विच शिलान्यास गरिन ।
स्वर्गीय कोइरालाको जीवनीमा आधारित उपलब्ध भएसम्मका सवै बस्तु संग्राहालयमा राखिने छ । फाउण्डेशनका अध्यक्ष सुजाताले स्वर्गीय कोइराला नयाँ नेपालको पिता भएको दावी गर्दै उनकै सम्झनामा संग्राहालय निर्माण हुन लागेको बताइन ।
प्रदेश सरकारको ४० लाख , समाजिक विकास मन्त्रालयको २० लाख र विराटनगर महानगरको १५ लाख रूपैयाको प्रारम्भिक सहयोगमा भवन निर्माण सुरू गरिदै छ । कुल ४ करोड खर्च गरेर निर्माण हुने संग्राहालय ४ तल्लाको हुनेछ । स्वर्गीय कोइरालाले सुत्ने ओछ्यान देखि निजी जीवनमा प्रयोग गर्ने सवै सामाग्री संग्राहलयमा प्रर्दशनीमा राखिने छ । त्यस्तै विदेशी राष्ट्रअध्यक्षसँग खिचेका फोटो , लत्ता कपडालगायतका सामाग्री राखिने छ । अध्यक्ष सुजाताले संग्राहलयमा पिताजी कृष्णप्रसाद कोइरालाका ५ छोरा मातृक ,वीपी , केशव , गिरिजा र तारणी प्रसादका सवै सामाग्री पर्दशनीमा राखिने बताईन् । प्रदेशकै पर्यटकीय गन्तव्य हुने यो संग्राहलय अवलोकन गर्न विदेशीहरू पनि आउने उनको दावी छ ।
कार्यक्रममा प्रदेश सभा सांसद केदार कार्की , विराटनगरका मेयर भीम पराजुलीले संग्राहलयको निर्माणको लागी सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. घनश्याम लालदास ,फाउण्डेशनका प्रदेश .१ अध्यक्ष इन्दिरा थापा लगाएतले आ आफ्ना धारणा राखेका थिए ।