RUMPUM
animated ellipse animated ellipse

को बन्छ करोडपतीका पहिलो विजेता जैनलाई अरनीको स्कूलको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ जेष्ठ २०७६, मंगलवार १८:०१
81
Shares

विराटनगर / को बन्छ करोडपतीका पहिलो विजेता विराटनगरका राजिव जैनलाई आज विराटनगर–१० मा अरनीको सेकेण्डरी स्कूलले सम्मान गरेको छ ।

एपी वान टेलिभिजनबाट प्रशारणमा रहेको को बन्छ करोडपतिमा पहिलोपटक एक करोड जित्न सफल अरनीको स्कूलका पूर्व विद्यार्थी जैनलाई स्कूलले सम्मान पत्रले सम्मान गरेको हो । राजिवले विराटनगरको अरनिको स्कुलबाट २०४८ सालमा एसएलसी परीक्षामा मोरङ प्रथम भएका थिए । उनलाई स्कुलका प्रिन्सिपल राजेश कार्की र सञ्चालक विकाश खनाललगायतले सम्मान गरे ।

सम्मानित जैनले करोडपती हुदाँको अनुभव उपस्थीत विद्यार्थीलाई सेयर गरेका थिए । उनले भारतमा कोन बनेगा करोडपतीमा सन २००२ मा आवेदन दिएका थिए तर त्यसमा टप १०० मा पुग्न सफल भएपनि १८ बर्ष पछि आफ्नै मातृभुमीमा सञ्चालन भएको को बन्छ करोडपतीमा पुरा भएको बताएका थिए ।

सोही अवसरमा जैनलाई कमला राजबहादुर कुँवर समाज सेवा गठीले समेत सम्मान गरेको छ । गुठीका अध्यक्ष दिनेशराज सुवेदीले जैनलाई सम्मान पत्रले सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर