१४ पुस, विराटनगर/ पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आजसम्म ६ सय २७ वटा पदकको खेल सम्पन्न भइसकेका छन् ।
जस अन्तर्गत नेपाली सेनाले १ सय ८ स्वर्णसहित २ सय ११ पदक प्राप्त गरेको छ भने दोस्रोमा सशस्त्र प्रहरीको एपिएफ क्लबले ४६ स्वर्णसहित १ सय ४५ पदक पाएको छ । यसैगरी तेस्रोमा रहेको नेपाल पुलिस क्लबले ४० स्वर्णसहित १ सय ११ पदक पाएको छ।
हेर्नुहोस् कसले कति पदक पाए तालिकामा
टिम स्वर्ण रजत कांस्य जम्मा १. नेपाल आर्मी १०८ ६० ४३ २११ २. एपीएफ ४६ ४३ ५६ १४५ ३. नेपाल प्रहरी ४० ३७ ३९ ११६ ४. मध्यमाञ्चल ३१ ४९ ५७ १३७ ५. मध्यपश्चिमाञ्चल ८ १४ ४२ ६४ ६. पश्चिमाञ्चल ७ २१ ३६ ६४ ७. पूर्वाञ्चल ६ १६ ४७ ६९ ८. सुदूरपश्चिमाञ्चल ४ ११ ५९ ७४ जम्मा २५० २५१ ३७९ ८८०