AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यार्थीलाई मौरीपालन र्फमको अवलोकन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ जेष्ठ २०७६, शनिबार २०:०८
3
Shares

विराटनगर / मौरीपालन सम्वन्धि जानकारी गराउन मोरङको रंगेली स्थित एउटा निजि विद्यालयले मौरीपालन व्यवसाय र्फम अवलोकन गराएको छ । रंगेली ७ मा रहेको मिनिल्याण्ड वोर्डिङले आज पाथीभरा मौरीपालनको अवलोकन गराएको हो ।

कक्षा १० मा अध्यनरत ४८ जना विद्र्याथीहरुलाई रंगेली ३ मा रहेको पाथीभरा मौरीपालन र्फमको अवलोकन गराएको हो । विद्र्याथीहरुलाई मौरीको वारेमा जानकारी दिनुुकासाथै मौरीले मह कसरी वनाउछ र रानी मौरीको वारेमा जानकारी गराइएको थियो ।

कितावी ज्ञानले मात्र नहुुने भएकाले व्यवसाय कसरी संचालन गरिन्छ त्यसवाट केके फाइदा हुुन्छ भन्ने सहज जानकारी गराउन व्यवसायक्षेत्रमा लगेर अवलोकन गराएको विद्यालयका शिक्षक विकास चौहानले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर