पूर्वाञ्चल खबर
विराटनगर / व्यवस्थापन संकाय मात्र सञ्चालन गर्दै आएको विराटनगरको मेरिल्याण्ड कलेजले २०७५ सालमा तीनवटै विद्यामा नेपाल प्रथम गरेर विराटनगरलाई साच्चीकै शिक्षाको हब भएको प्रमाणित गरेको छ ।
देशभरिकै ४ अजारभन्दा बढी उ.मा.वि. मध्ये मेरिल्याण्डले फेरि पनि नेपाल प्रथम भई इतिहास रहेको छ । २०७५ सालको कक्षा ११ को नतिजामा छात्रा पुजा शाह र निशाा पोखरेलले समान ३.९२ जी.पी.ए. ल्याएर नेपाल प्रथम हुन सफल भएका छन । त्यस्तै सिमरन अग्रवाल वि.वि.एस. प्रथम बर्षमा नेपालभरीनै सबैभन्दा बढी ७७ प्रतिशत अंक ल्याएर नेपाल प्रथम हुन सफल भएकी छिन, त्यस्तै सि.ए. तर्फको २२ वर्षको काठमाण्डौको इतिहास तोड्दै उपत्यकाबाहिर पहिलोपटक क्याप सेकेण्डमा मेरिल्याण्डका प्रनशा श्रेष्ठले नेपाल प्रथम स्थान प्राप्त गरीन ।
स्मरण रहोस २०६३ सालमा छात्र किन्जल पोखरेलले वि.वि.एस.मा नेपाल प्रथम भई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट स्वर्ण हात पारेका थिए ।
मेरिल्याण्ड २०६३ देखि २०७३ सालसम्म सधै टपटेनमा पर्न सफल र २०७४ साल नेपाल दोश्रो हुन सफल भएको