१३ पुस विराटनगर / ग्रेडेड सिंगीन स्टारको सेमिफाइनलमा १५ जना छनौट भएका छन् ।
विराटनगरमा बुधबार भएको अडिसनमा ५० जनाबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने १५ जनालाई फाइनलमा छनौट गरेको हो ।
विराटनगर – ११ हाटखोलमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले विगत दुई वर्षअघिदेखी प्रतियोगिता आयोजना गर्दै आएको स्कुलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।
सिंगीन स्टारको फाइनल आगमी फागुनमा हुने कार्यक्रम संयोजक प्रवलदीप विश्वासले बताए । प्रतियोगिताको निणार्यकहरुमा बलिउडका संगीतकार नशाराज घिमिरे र गायक विश्वसा रहेका थिए ।
सेमिमा पुगका प्रतियोगिहरुलाई गायक विश्वासले बन्द प्रशिक्षण दिएर फाइनलमा उतारीने भएको छ । बिजेता हुने प्रतियोगिहरुले विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।