पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको कोशी गाउँपालिका ८ भाण्टावारी स्थित तीनकुनेबाट प्रहरीले लागूऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध डाईलेक्स डिसी २२ बोतल, नाइट्रोजन ट्यावलेट १ सय चक्की, स्पामोप्रोक्सोभन १९२ क्यापसुलसहित भोजपुर वास्तिम ४ घर भई हाल ईटहरी ४ बस्ने ३५ वर्षिय भरिमान राईलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको टोली पक्राउ गरेर राईलाई सिमा प्रहरी चौकी भाण्टावारीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।