RUMPUM
animated ellipse animated ellipse

बक्राह खोलामा ‘गाडेर राखिएको एम १६’ हतियार भेटियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ बैशाख २०७६, सोमबार १९:०५
3
Shares

विराटनगर /नेपाली सेनाले प्रयोग गर्ने ‘एम १६’ राईफल बक्राह नुनसरी खोला किनारमा फेला परेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका– ६ बक्राह नुनसरी खोलामा नेपाली सेनाले मात्रै चलाउँदै आएको एम १६ राइफल, म्यागजिन र ६ राउण्ड गोली फेला परेको हो । प्रोपर्टी अफ युएस गभरमेन्ट’ लेखिएको हतियार खोलामा गाडिएर राखिएको अवस्थमा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

फेला परेको हतियारका धेरै पार्टपूर्जाहरु काम नलाग्ने र सडेको अवस्थामा रहेको मोरङ प्रहरीका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले थोत्रो अवस्थामा फेला परेका कारण हतियार धेरै पहिलेदेखि माटोमा पुरिएको हुन सक्ने अनुमान गरेको छ । फेला परेको हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान सुरु गरिएको डिएपी श्रेष्ठले बताए । प्रहरीका अनुसार अत्याधुनिक हतियारसहित र त्यसमा लोड हुने पाँच राउण्ड गोली फेला परेको छ ।

द्वन्द्वकालमा एम १६ राईफल नेपाली सेनाले प्रयोग गरेको थियो । सोमबार भेटिएको हतियार तत्कालीन विद्रोही माओवादी समूहले सेनाबाट खोसेर लुकाएको हुनसक्ने प्रहरीले बताएको छ ।

फेला परेको हतियारले लगभग १ किलोमिटरसम्मको दूरीलाई तार्गेट गर्न सक्ने बताइएको छ । ‘अहिलेसम्म अत्याधुनिक हतियार कहाँबाट त्यहाँ पु¥याइयो भन्ने खुलेको छैन, डिएपी श्रेष्ठले भने, ‘सबै विषयलाई जोडेर अनुसन्धान थालिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर