पूर्वाञ्चल खबर
झापा / झापाको मेचीनगर नगरपालिका १२ कालिझोडामा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेका साईकल यात्री ताप्लेजुङको सिरिजंगा गाउँपालिका ३ का ३२ बर्षीय दिपेश पौडेललाई सोही दिशाबाट आउँदै गरेको मे १ ज २०५९ नम्बरको बोलेरो गाडीले पछाडीबाट ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिर्तामोडको बिएण्डसी। अस्पताल लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शव परिक्षणको लागि सोही अस्पतालमा राखिएको छ भने बोलेरो चालक र बोलेरो प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेका झापा प्रहरीले जनाएको छ ।