पूर्वाञ्चल खबर
विराटनगर / मोरङ प्रहरीले मादक पदार्थ सेवन गरि छुरा प्रहार गर्ने एकलाई पक्राउ गरेको छ ।
विराटनगर २ का तिनपैती पूर्वटोलमा मादक पदार्थ पोखाएको निहुँमा विराटनगर १ का २० वर्षीय अर्जुन पौदारलाई छुरा प्रहार गरेका २४ वर्षीय छाला भन्ने विजय रामलाई प्रहरीले पक्राउ गरेको हो ।
रामले पौदारलाई कुटपिट गर्दै पसलबाट बाहिर निकाली शरिरको बिभिन्न भागमा छुरा प्रहार गरी शक्त घाईते बनाएको मोरङ प्रहरीले जनाएको छ ।
घाईते अर्जुन पौदारलाई विराट मेडिकल कलेजको सघन कक्षमा उपचार भई रहेको छ । छुरा प्रहार गर्ने रामलाई विराटनगर ८ स्थितअशोक चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रामलाई मुलुकी कार्य्विधी (संहिता) ऐन २०७४ बमोजिम ज्यान मार्ने उद्योग अन्तर्गत कसुरमा अनुसन्धान भई रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।