१३ पुस, विराटनगर/ सातौ राष्ट्रिय खेलकुद अन्तरगत कबडी प्रतियोगिताको उपाधि नेपाली सेनाले हात पारेको छ । बुधवार मोरङको टंकिसिनवारीमा सम्पन्न फाइनल प्रतिसपर्धामा आर्मीले महिला पूरुष दुवै तर्फको स्वर्णपदक हात पारेको हो ।
पुरुष तर्फ मध्यामाञ्चललाई पराजित गर्दै आर्मीले उपाधिमाथी कब्जा जमाएको हो । आर्मीले मध्यमाञ्चललाई ३०-४७ अंकले पछि पार्दै स्वर्ण पदक हात पार्दा मध्यामञ्चल रजतमा चित्त बुझाउन बाध्य भयो ।
महिला तर्फको फाइनल प्रतिसपर्धामा नेपाल प्रहरीलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक हात पार्दा नेपाल प्रहरी रजतमा चित्त बुझायो । आर्मीले २२-२४ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो । जित स“गै आर्मीले पाचौ राष्ट्रिय खेलकुदमा भोगेको हारको बदला समेत लिएको छ ।
लिग चरणका आधारमा खेलाइएको प्रतिसपर्धामा पहिलो पटक सहभागिता जनाएको ससत्र प्रहरी वलको एपिएफ र पश्चिमाञ्चलले पूरुष तर्फ कास्य पद प्राप्त ग¥यो भने महिला तर्फ मध्यमाञ्चल र सूदूर पश्चिमाञ्चलले कास्य पदक प्राप्त गरे ।