AArya
RUMPUM
animated ellipse animated ellipse

दुर्घटनामा दम्पत्तीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ पुष २०७३, बुधबार १६:५९
3
Shares
१३ पुस,विराटनगर/ मोरङको बयरवन – ९ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान टिपरको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ ।
बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको टिपरले विपरित दिशाबाट आउँदै गरेको को २२ प ४३८४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे – ८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षिय धनकुमार राई र पछाडी सवार उनकी श्रीमती ३५ वर्षिया विष्णुमाया राईको मृत्यु भएको हो ।
धनकुमारको घटनास्थलमै र विष्णुमायाको धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव निरिक्षक राजकुमार बस्नेतले जानकारी दिए । ठक्कर दिने टिपरसहित त्यसका चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर