RUMPUM
animated ellipse animated ellipse

एनएमबिमा खाता खोल्दा एक सय उपहार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ बैशाख २०७६, बुधबार १९:०३
3
Shares

विराटनगर / एनएमबी बैंकले सञ्चालनमा ल्याएको ‘सबैको साहारा बचत’ खाता खोल्दा सेवाग्राहीले एक सय रुपैयाँ पाउँने भएका छन् ।

दुई पटक बैंक अफ द इयरको उपाधि पाएको एनएमबि बैंकले १८ प्रकारका गम्भिर प्रकृतिको रोगको उपचार विमा समावेश भएको ‘ एनएमबी सबैको साहरा बचत खाता’ खोल्दा एक सय रुपैयाँ पाउने भएका हुन् । यो योजनामा सहभागि हुन कुनै बैंकमा खाता नभएको व्यक्ती हुनुपर्ने प्रावधान छ ।

बितिय पहुच बाहिर रहेका सर्वसाधरणलाई बैंकमा जोड्ने उदेश्यसहित नेपाल सरकारले सुरु गरेको अभियानलाई सफल बनाउँन उदेश्यसहित ल्याइएको ‘सवैको साहारा बचत खाता’ खोल्दा बैंकले एक सय रुपैयाँ जम्मा गरिदिने बैंकका प्रदेश १ म्यानेजर उत्सव घिमिरेले जानकारी दिए ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी उनले खाता खोल्दा १८ प्रकारको गम्भिर प्रकृतिको रोग र दर्घटनाको १० बरावरको बिमा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर