पूर्वाञ्चल खबर
विराटनगर / आज बसेको प्रदेश नं १ प्रदेश सभाको वैठकले प्रदेशको सुशासन प्रत्याभुत गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक,२०७५ सभामा पेश भएको छ ।
न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुलीले सशोधनसहित प्रस्ताव सभामा प्रदेश सभा नियमावली २०७४ को नियम १०५ वमोजिम पेश गरे । सो समितिमा १६ जना सदस्यहरु रहेका छन् भने ६ जना सदस्यहरुहरुले सशोधन प्रस्ताव राखेका थिए ।
संशोधनसहित प्रस्ताव पेश गर्दै सभापति पराजुलीले समितिका सभापतिहरु सहमतीको आधारमा चयनवाट सदन सहमती र सहकार्य सञ्चालन भई प्रदेशको समृद्ध कायम गर्न समाजमा सन्देश जाने वताए ।