RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ लाई विश्वमै नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाउँछौं :मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०७५, शनिबार २१:००
3
Shares

सुनसरी / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीका धार्मिक पर्यटकीय क्षेत्रहरूलाई जोडेर धार्मिक सर्किट बनाएर प्रदेश नं. १ लाई विश्वमै नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाउँने बताएका छन् ।

नेपालकै महत्वपूर्ण मानिएको प्राचीन हरिद्वार सुनसरीको चतराधाममा अर्ध महाकुम्भ मेलाको उदघाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । मुख्यमन्त्री राईले प्रदेश नं. १ लाई धार्मिक पर्यटकिय क्षेत्र बनाउन प्रदेश सरकारसँगै संघीय सरकार समेत लागि गरेको जानकारी दिए । वेद तथा स्कन्द पुराणमा समेत उल्लेख भएको चतराको महिमालाई जीवन्तता दिन र देश विदेशसम्म यसको महिमा फैल्याउने उद्देश्यले आयोजना गरेको यो कुम्भ मेला सफल बनाउन प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री राईले बताए ।
मुख्यमन्त्री राईले सुनसरीको चतरालाई केन्द्र विन्दु बनाएर पूर्वमा रहेका धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले योजना अगाडी बढाएको बताए । उनले चतरा सुनसरीको मात्र नभई प्रदेश तथा मुलुककै महत्वपूर्ण तथा ऐतिहासिक धार्मिक क्षेत्र भएको समेत बताए ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने तय भए पनि मौसम गडबडीका कारण उनको आउने कार्यक्रम स्थगित भएपछि मुख्यमन्त्री राईले उदघाटन गरेका हुन् । कुम्भका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजनसमेत गरेको छ । नेपालकै महत्वपूर्ण मानिएको यो मेलाका लागि देश तथा विदेशबाट आउने भक्तजनको सुरक्षा, आवास, शौचालय, विद्युत लगायतका सम्पूर्ण सेवा भने उपलब्ध गराएको छ । वैशाख २४ गते अर्थात एक महिना सुनसरीको प्राचीन हरिद्वार चतरामा अर्धकुम्भ मेला लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर