११ पुस, विराटनगर/ संघिय समाजबादी फोरम नेपाल मोरङको अध्यक्षमा पुन राजकुमार यादब निर्वाचित भएका छन् ।
विराटनगरमा सोमबार साँझ सम्पन्न भएको प्रथम एकता अधिवेशनबाट यादबले ४ सय ४० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । यादबको निकटतम प्रतिद्धन्द्धी प्रमोद शर्माले ७१ मात्र मत ल्याए । ५ सय ११ मत खसेकोमा ५१ मत बदर भएको थियो । केही दिन अन्य पदाधिकारी ढुङगो लगाउने नवनिर्वाचित अध्यक्ष यादबले बताए । ५१ जनाको कार्यसमिति बन्ने बताइएको छ ।