पूर्वाञ्चल खबर
विराटनगर / मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल १ नम्बर प्रदेशको अध्यक्षमा धनकुटाको हरिशंकरप्रसाद साह सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
विराटनगरमा सम्पन्न भएको प्रथम अधिवेशनबाट उपाध्यक्षमा मोरङका सुरेशकुमार पंन्डित, मंजु यादव, मनोजकुमार यादव, रामनारयण शर्मा, गिरधारीप्रसाद साह रहेका छन् ।
समितिको मुख्य सचिवमा शिवनारयण यादव, सचिवमा अजय मण्डल, रामानन्दप्रसाद गुप्ता र कोषाध्यक्षमा रामवतार यादव निर्वाचित भएका छन् । समितिको अन्य सदस्यहरूमा हरिनारायण यादव, रविन्द्रकुमार महतो, रेणुका चौधरी, कञ्चन ठाकुर र सुरेश महतो चयन भएका छन् ।
अध्यक्ष साहले सरकारले गरेको कर्मचारी समायोजनामा स्वास्थ्यकर्मीहरुलाई तह घटुवा गरेको आरोप लगाउदै अविलम्व सच्चाउनु पर्ने बताए । नसच्याउ आन्दोलन गर्ने चेतावनी अध्यक्ष साहले वताए ।
स्वास्थ्यकर्मी फोरमका केन्द्रीय महासचिव कृष्णलाल यादवले कर्मचारी समायोजनामा स्वास्थ्यका कर्मचारीलाई गरिएको विभेद अन्त्य गर्नुका साथै समायोजना भएका कर्मचारीको नाम चाँडै सार्वजनिक गर्नु मांग गरे ।
मधेशी स्वास्थ्यकर्मी फोरमको प्रदेशको १४ जिल्लामा चार सय सदस्यहरु रहेका छन् ।