पूर्वाञ्चल खबर
विराटनगर/ सुरुवाती दुई खेलमा मौका नपाएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले कोलकत्ता नाइट राइडसविरुद्ध आजको खेलमा मौका पाएका छन् ।
दिल्ली क्यापिटल्सबाट उनलाई टिममा राखेको छ । इन्डियन प्रिमियर लिग १२ मा नेपाली खेलाडी सन्दीप लामिछाने पहिलोपटक मैदानमा उत्रिने लोगका छन् । दिल्ली क्यापिटलका खेलाडी सन्दीपलाईे प्लेइङ ११ मा राखिएको छ । दिल्लीले आज खेलमा चार परिवर्तन गरेको छ । दिल्ली क्यापिटलले टस जितेर फिल्डिङ रोजेको छ । खेल फिरोज शाह कोटला मैदानमा भइरहेको छ। पहिलो ओभरको पाँच बल डट गरेका सन्दीप लामिछाने अन्तिम बलमा मात्र १ रन दिए ।