AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट आँखा अस्पतालले रेटिनाको अपरेसन गर्नलाई नयाँ प्रविधिको सेवा विस्तार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७५, शुक्रबार १८:५३
126
Shares
विराटनगर / विराटनगर कोशि प्रोजेक्टमा रहेको विराट आँखा अस्पताल प्रालिले रेटिनाको अपरेसन गर्नका लागि अत्याधुनिक प्रविधिको मेसिन ल्याएर सेवा शूरु गरेको छ ।

आज अस्पतालले पत्रकार सम्मेलन गरी सेवा आजदेखि शूरु गरेको अस्पतालका सञ्चालक राजेश प्रसाईंले जानकारी दिए । अस्पतालले आँखाको उपचारका लागि आधुनिक प्रविधियुक्त ओसिटी इन्जियोग्राफी र पास्कल लेजर प्रविधिको मेसिन ल्याएर सेवा शूरु गरेको जनाएको हो ।

२०६८ सालमा स्थापना भएको विराट आँखा अस्पतालले रेटिनाको लेजर गर्नका लागि काठमाण्डौ वाहिर मोफसलमै पहिलो पटक जापानिज र अमेरिकन कम्प्युटराईज्ड प्रविधिवाट पास्कल लेजर प्रयोग गरी उपचार गरिने
सञ्चालक प्रसाईले बताए ।

अस्पतालले ओसिटी इन्जियोग्राफी १ करोड ७८ लाखमा किनेको छ भने पास्कल लेजर गरेर ३ करोडको सेवा विस्तार गरेको जनाएको छ । ओसिटी इन्जियोग्राफी प्रविधिबाट केमिकल नलगाइकन रेटिना भास्कुलर डिजिज डायग्नोसिस गर्न सकिने अस्पतालका डाक्टर अनाधी खत्रीले जानकारी दिए । यस्तै नेपालमा काठमाडौंको तिल गंगा अस्पतालपछि यो अस्पतालले मात्र पास्कल लेजर प्रविधि भित्र्याएको दाबी अस्पतालले गरेको छ । यो प्रविधिबाट लेजर गर्दा एकै पटकमा बिरामीको लेजर गर्न सकिने भएकाले झन्झटिलो र कम महगो पर्ने अस्पतालले जनाएको छ ।

यस्तै अस्पतालले आर्थिक बर्ष २०७४/०७५ मा ८३ हजार १ सय ५३ ओपीडी सेवा, १६ हजार ३ सय ५३ को शल्यक्रियाका साथै विभिन्न संघसंस्थाको आयोजनामा निःशुल्क आँखा शिविर गरेको जनाएको छ । यस्तै अस्पतालले २ महिनाभित्र रेटिना सर्जरी सेवा पनि सुरु गर्ने भएको छ ।

देशभरमा करिब ३५ ओटा आँखा अस्पताल रहेकोमा यस्तो सेवा थोरै आँखा अस्पतालमा मात्रै रहेको छ । यसबाट १ नम्बर प्रदेशका मात्रै नभएर भारतको बिहारलगायतका क्षेत्रबाट आउने बिरामीलाई पनि फाइदा पुग्ने अस्पतालको दाबी छ । भारतमा भन्दा नेपालमा तीन गुणा सस्तोमा आँखा उपचार हुने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर