AArya
RUMPUM
animated ellipse animated ellipse

सञ्चारकर्मीहरुको आँखा तथा कान निःशुल्क परीक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७५, बुधबार २०:३९
3
Shares

विराटनगर / समाचार संकलन र सम्प्रेषणमा व्यवस्त रहने सञ्चारकर्मीहरुका सहजताका लागि आज विराटनगरमा आँखा तथा कान परीक्षण गरिएको छ ।

नेपाल नेत्र ज्योति दिवसको उपलक्ष्यमा विराटनगर आँखा अस्पताल र नेपाल नेत्र ज्योति संघ मोरङद्धारा संयुक्त रुपमा महासंघको जिल्ला शाखामा शिविरको आयोजना गरिएको छ । शिविरमा सञ्चारकर्मीहरु र उनीहरुका परिवारको आँखा तथा कानको परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
परीक्षण गरिएको अधिकांश सञ्चारकर्मीका आँखामा समस्या देखिएको चश्मा खरीद गर्नुदेखि आवश्यक थप उपचारका लागि आँखा अस्पतालमा आउन सिफारिश गरिएको छ ।

यसैगरी कानमा समस्या उत्पन्न भएका सञ्चारकर्मीहरुको कान सफा गर्नुका साथै निशुल्क औषधि समेत दिएको थियो । सो अवसरमा १ सय ५० जना सञ्चारकर्मीहरु र निजका परिवारका सदस्यहरुले परीक्षण गराएका थिए । शिविरमा दृष्टि विशेषज्ञ ग्रिश्माश्री चुडाल, सहायक चिकित्सक जीवेछी साह र आँखा स्वस्थ्य कर्मचारी दिपनारायण उराँव र कानको सहायक चिकित्सक एलीसा चौधरीलगायतको टिमले परिक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर