AArya
RUMPUM
animated ellipse animated ellipse

अर्किड स्कूलको प्रिन्सिपलमा सि.एम. श्रेष्ठ नियुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ चैत्र २०७५, सोमबार १७:५०
3
Shares

विराटनगर / विराटनर–१० मा रहेको अर्किड पब्लिक स्कूलको प्रिन्सिपलमा सि.एम. श्रेष्ठलाई नियुक्त गरिएको छ ।

लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल रहेर अध्यापनमा लागि परेका श्रेष्ठलाई आज एक कार्यक्रम आयोजना गरि अर्किड स्कूलका प्रिन्सिपलको रुपमा नियुक्त गरिएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्न लागि परेका श्रेष्ठलाई अनुभवी प्रिन्सिपलको रुपमा हेरिन्छ । श्रेष्ठलाई अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोला, अध्यक्ष सिएम रिजालले स्वागत गरेका थिए । श्रेष्ठ अर्किडमा आएसँगै स्कूललाई थप उचाइमा पु¥याउने विश्वास लिएको छ ।

डा.सुजित साह, सन्दीप सेठीया, पि.के.कामत, मनिष भट्टराई, राकेश साह, ओमप्रकाश यादव, तुलसी गिरी र विनोद बास्तोला अर्किडको नयाँ व्यवस्थापनमा आएका छन् । कलेजतर्फको भने संस्थापक प्रार्चाय दिपेश
बास्तोलानै रहेका छन् ।

प्रिन्सिपल नियुक्त भएका श्रेष्ठले स्कूललाई थप नयाँ उचाइमा पु¥याउने बताए । उनले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूलाई जीवन उपमुखी शिक्षा प्रदान गर्ने बताए । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसुर बाँकी नराख्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर