RUMPUM
animated ellipse animated ellipse

दुर्घटनामा दुईको मृत्यु, आठ जना घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ चैत्र २०७५, शनिबार १७:१३
3
Shares

विराटनगर / मोरङ जिल्लाको कानेपोखरी अन्तर्गत पूर्व–पश्चिम लोकमार्गमा आज भएको दुई सवारीसाधन ठक्करमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार कानेपोखरी गाउँपालिका–७ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको गरेको ना ३ ख ६९१८ नम्बरको कन्टेनरलाई सोही दिशा तर्फ आउँदै गरेको बा. ११ च.७९४८ नम्बरको टाटा सुमो गाडीले पछाडीबाट ठक्कार दिंदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका–४ को ४७ वर्षिय रामकुमार आछामी र झापा गौरादह का ३५ वर्षिय प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यसैगरी घाइतेहरुको स्थानीय पथरी अस्पताल र विराटनगर स्थित न्यूरो अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानका लागि दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर