RUMPUM
animated ellipse animated ellipse

प्रतिपक्षी कांग्रेसको आरोप उपलब्धी देखिएन प्रदेश १ को सरकार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७५, मंगलवार २१:०६
3
Shares

विराटनगर /प्रदेश सरकार गठन भएको वर्ष दिन वितिसक्दापनि प्रदेश १ सरकारले प्रभावकारी काम गर्ननसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठन भएको वर्षदिन बितेपनि प्रदेश सरकारले कुनै उपलब्धीमुलक काम गर्न नसकेको दाबी गरेको हो ।

नेपाली कांग्रेसले प्रदेश सरकारले केन्द्रसँग अधिकार माग्न नसकेको टिप्पणी गरेको छ । प्रदेश १ कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारको काम उपलब्धीविहीन नभएको बताए ।

संसद सचिवालयमा आज विराटनगरमा पत्रकार सम्मेलन गरी कार्कीले प्रदेश सरकारले घोषणा गरेको सय दिने कार्यक्रम पनि घोषणामै सीमिति भएको दाबी गरे । संघीय सरकारसँग अधिकार माग गर्ने सवालमा आफुहरु सहयोगी हुने प्रतिबद्धता जनाए पनि प्रदेश सरकारले आफ्ना अधिकार संघसँग माग्न नसकेको उनले बताए । उनले प्रदेश सरकारको भूमिकाप्रति आशंका गरे ।

सभामुख र उपसभामुख एउटै दलको हुदापनि प्रदेश सभा र सरकार स्वेच्छाचारी ढंगबाट चलेको दलका नेता राजिव कोइरालाले आरोप लगाए। सरकारका मन्त्री र सभामुख, उपसभामुख एउटै दलको हुदा संसद बैठकमा मन्त्री ढिलो आउने गरेको उनको टिप्पणी रहेको छ । मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै विकास बजेट थुपारेको र निर्माणको ठेक्कापट्टामा समेत पार्टी कार्यकर्ता र आफन्त पोस्ने काम भएको उनको आरोप छ ।

मुख्यमन्त्रीका नामबाट सुरु परियोजना लथालिंग अवस्थामा पुगेको र मुख्यमन्त्री स्वयमले नै बजेट एकीकृत गरेको, प्रदेश सरकारका कतिपय मन्त्रीहरुले नियुक्ति पत्र बिना आफ्ना आफन्तलाई मन्त्रालयमा खटाएको कांग्रेसको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर