RUMPUM
animated ellipse animated ellipse

महिला खेलाडीलाई एन्फाद्वारा जनही एक लाखसहित सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७५, मंगलवार ०८:३०
3
Shares

विराटनगर / साफ महिला च्याम्पियनसिपको पूर्व सन्ध्यामा नेपाली महिला फुटबल टिमका प्रत्येक सदस्यलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगदसहित सम्मान गरेको छ ।

एन्फाले ओलम्पिक खेलकुदको दोस्रो चरण पुगेको र भारतमा सम्पन्न हिरो महिला गोल्डकपको उपविजेता बनेको नेपाली महिला टिमका प्रत्येक सदस्यलाई दुई वटा प्रतियोगितामा गरी ५०–५० हजार पुरस्कार दिएको हो । उनीहरुलाई सोमबार राती विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । रेखा पौडेल, रुपा रानामगर, रञ्जना दर्जी, दीपा न्यौपाने, अनु लामा, सर्मिला थापा र पूजा राणाबाहेक सबै खेलाडीले एक लाख पाएका छन् । रेखा, रुपा, रञ्जना, दीपा, अनु, शर्मिला र पूजाले भने जनही ५० हजार पाएका हुन् ।

अन्जना राना मगर, अन्जिला तुम्बाप्पो सुब्बा, मन्जली कुमारी योञ्जन, कप्तान निरु थापा, विमला चौधरी, दीपा राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनीता केसी, अनीता बस्नेत, हीरा कुमारी भुजेल, सवित्रा भण्डारी, अमृता जैसी, पुनम जर्घा मगर, मनमाया लिम्बु, कविता धिमाल र गीता राना मगरले एक–एक लाख पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर