पूर्वाञ्चल खबर
श्रम मन्त्रालयले गरेको सरुवा रोकेपछि हाजिर भएकै दिनदेखि सञ्जेलले बिचौलियालाई कार्यालयभित्र प्रवेशमा रोक लगाएका हुन् ।
गत असोज ११ गते श्रम कार्यालयको प्रमुखको रुपमा हाजिर भएका सञ्जेलको ७० दिनमै सरुवा भएको थियो । सरुवाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएपछि अदालतले सरुवा कार्यान्वयन नगर्न आदेश दिएको थियो । आदेशपछि हाजिर भएका सञ्जेलले भने, ‘धेरै कुुरा सेवाग्राहीले आँफै गर्छन्, हाम्रो कार्यालयमा बिचौलियाको काम छैन् ।’
आजदेखि नै बिचौलियालाई रोकेको उनले बताए । सञ्जेलको कार्यालयले बैदेशिक रोगजारीमा जानेहरुको श्रम स्वीकृति दिने काम गरिरहेको छ । श्रम स्वीकृतिका लागि बिचौलिया हाबी भएपछि रोकेको उनले बताए ।
कार्यालयमा हाजिर हुँदै संजेलले आफ्ना तीन कामको प्राथमिकता पनि तोकेका छन् । संजेलले श्रम कार्यालयमा सर्वसाधरणले हालेका मुद्दा छिन्ने, आफू कार्यालय प्रमुख हुँदा निरीक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरे÷नगरेको अनुगमन गर्ने र पुनः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुषखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने तथा गरेको थाहा पाए कारबाही गर्ने बताएका छन् ।
बीमा र दस्तुर बुझ्न कार्यालयमै बैंक काउन्टर
कार्यालय गएको पहिलो दिन नै उनले कार्यालयमै बैंक काउन्टर समेत खोल्न लगाएका छन् । दस्तुर र बीमा शुल्क बुझाउन सानिमा बैंकको काउण्टर खोल्न लगाएका सेवाग्राहीले विचौलियामार्फत अनलाइन फारम भरेको ४ सय, बीमाको ३ सय र बैंकसम्म पुगेको ३ सय गरी एक हजार तिर्दै आएका थिए । तर, बैंक काउन्टर खोलेपछि ३ सय रुपैयाँमा काम हुने भएको छ । ‘दस्तुर बुझाउन तीनवटा बैंकमा कार्यालयको खाता छ’ सञ्जेलले भने, ‘बैंकमा पैसा बुझाउन मात्र ३ सय रुपैयाँ लिएपछि सानिमा बैंकलाई काउण्टर खोल्न लगाएको छु ।’
सञ्जेल काउण्टर खोल्न आग्रह गर्दै बुधबार पाइम बैंक पुगेका थिए । तर, प्राइमले तत्काल खोल्न नसक्ने जवाफ दिएपछि सानिमा बैंकलाई काउन्टर खोल्न लगाइएको छ । ‘एउटा कम्युटर राखेर तत्काल काउण्टर खोल्न भनेको छु’ सञ्जेल भन्छन, ‘दुस्तुर बुझ्न कार्यालयको एउटा झ्यालमा बैंकको काउण्टर राख्न दिन्छौं ।