RUMPUM
animated ellipse animated ellipse

दक्षिण एशियाली शारिरीक सुगठन हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ फाल्गुन २०७५, बुधबार १७:४२
3
Shares

काठमाण्डौं / नेपाल शारिरीक सुगठन तथा फिटनेश संघको आयोजनामा नेपालमा बा¥हौं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता हुने भएको छ ।

काठमाण्डौंमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतीयोगिता बारे जानकारी गराएको हो । नेपालले तेश्रो पटक आयोजना गर्न लागेको दक्षिण एशियाली शारिरीक सुगठनको १३ औं संस्करण २०७६ साल आषार ६ र ७ गते काठमाण्डौमा हुने संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले बताए ।

बिश्व शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेको समेत उपस्थितीमा भएको पत्रकार सम्मेलनमा दक्षिण एशियाली प्रतियोगितामा शारिरीक सुगठन विधा अन्तरगतका ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथी प्रतिस्पर्धा हुने जानकारी गराईयो । संघले प्रथम पटक शारिरीक सुगठन विधाको पुरुष फिटनेश फिजिक्समा १७० सि.एम सम्म र १७० सि.एम.माथी उचाई तथा महिला तर्फ १६५ सिएम र १६५ सिएम भन्दा माथीको उचाई समूह गरि कुल १३ विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल सहित भारत, बंगलादेश, भुटान, मालदिप्स, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका गरि १ सय ५० खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले उक्त प्रतियोगिताको लागि २० र २१ गते काठमाण्डौमा आयोजना हुने सातौं मिस्टर हिमालय प्रतियोगिताका विजेता खेलाडीहरुलाई समावेश गराउने सम्मेलनमा संघका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

सोही पत्रकार सम्मेलनका अवसरमा बिश्व शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेले बा¥हौं दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिताको ब्यानर अनावरण गरेका थिए ।

प्रतियोगिताको कुल बजेट ४० लाख रहेको समेत पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर