पूर्वाञ्चल खबर
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाइको वर्तमान सरकारले जनभावना अनुरुप काम गर्न नसकेको वताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई आज विराटनगरमा सम्वोधन गर्दै अध्यक्ष थापाले भ्रष्टाचार तथा मुलुकलाई विखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा कार्वाही गर्नु पर्ने वताए । मुलुकको हितका लागी गर्ने सरकारको सर्व काममा आफनो पार्टीको सहयोग र सर्मथन रहने अध्यक्ष थापाले बताए ।
अध्यक्ष थापाले एनसिएलको करछली तथा हवाइटवडि विमानका विषयमा वाहिर आएका भ्रष्टाचार विषयलाई सरकार सत्य तथ्य पत्ता लगाएर सरकारले कार्वाही प्रकृया अघि वढाए त्यसमा पार्टीको साथ र सर्मथन रहने वताए । उनले देश टुक्राउन खोज्ने र भ्रष्टाचारलाई कार्वाही गर्न सरकार अघि वढे त्यसका लागी सरकारलाई आफनो पार्टीको सधै साथ रहने बताए ।
अध्यक्ष थापाले, देश वचाउन देश वनाउन र देशलाई नयाँ ढंगगवाट अघि वढाउन आफनो पार्टीले मेची महाकाली राष्ट्रिय अभियान शुुरु गरेको बताए । अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहित हिन्दुराष्ट्र स्थापना कामय नभएसम्म आप्mनो पार्टीले जनदवाव सृजना गरिरहने समेत वताए । उनले अव सवै नेपाली अटाउने नयाँ राज्य व्यवस्था प्रणाली मुलुकका लागी आवश्यक रहेको बताए । राजसंस्थाको विषयमा सर्वपक्षिय गोलमेल सम्मेलन तथा संघियताका लागी जनमत संग्रह गर्नु पर्ने उनको भनाई छ ।
अध्यक्ष थापाले प्रधाममन्त्री केपी शर्र्मा ओली देश हाक्ने कुशल ड्राइभर भएको भन्दै उहाँको गाडीले गलत वाटो लिन खोजेकाले त्यसतर्फ गम्भिर हुनु आवश्यक रहेको वताए । ड्राइभर सहि भएर वाटो गलत भयो भने गन्तव्यमा पुग्न नसकिने उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वुद्धिमान तामाङ तथा राजेन्द्र लिङदेलले मुलुकको धर्म सस्कृत र पहचान जोगाउन सवैपंक्ष एक हुनु पर्नेमा जोड दिए । तीन दिन अघि ताप्लेजुङवाट शुरु भएको स्वाभिमान यात्रा पाँचथार, इलाम तथा झापाहुदै आज विराटनगर आई पुगेको हो । फागुन ३० गते काठमाण्डौ पुगेर यात्रा सम्पन्न हुने छ ।