AArya
RUMPUM
animated ellipse animated ellipse

पाकिस्तानले कब्जामा लिएको भारतीय पाइलटलाई रिहा गर्ने पाकिस्तानको घोषणा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७५, बिहीबार १७:४७
3
Shares

काठमाडौं / भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले आज संसदमा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

पाकिस्तानी वायूसेनाले भारतीय पाइलट अभिनन्दनलाई बुधबार कब्जामा लिएको थियो । पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो । त्यस क्रममा पाइलट अभिनन्दन पक्राउ गरेका हुन् ।

भारतले उनलाई छुटाउन कुटनीतिक प्रयास गरेको थियो । संसदमा बोल्ने क्रममा प्रधानमन्त्री खानले ‘पिस गेस्चर (शान्ति संकेत)’ का रुपमा पाइलटलाई शुक्रबार रिहा गर्न लागिएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर