RUMPUM
animated ellipse animated ellipse

२० हजार धरौटी बुझाएर प्रकाण्डका छोरा नरेन्द्र छुटे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ फाल्गुन २०७५, मंगलवार १८:१८
3
Shares

विराटनगर/ गोलीसहित विराटनगर बिमानस्थलबाट पक्राउ परेका विप्लव नेतृत्वको नेकपासंवद्ध विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा छुटेका छन् ।

काठमाडौं जाने क्रममा गत माघ १७ गते विराटनगर बिमानस्थलबाट तीन राउण्ड गोलीसहित पक्राउ परेका विश्वकर्मा २० हजार धरौटी बुझाएर २५ दिनपछि छुटेका हुन् । उनी नेकपासम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन् । विप्लव नेतृत्वको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र जिल्ला प्रसाशन कार्यालय मोरङमा धरौटी बुझाए आज छ्टेका छन् ।

पार्टीको कामले माघ दोस्रो साता पूर्व आएका नरेन्द्र सुनसरी र मोरङको कार्यक्रमपछि माघ १७ गते साँझ काठमाडौं फर्किदै गर्दा चेकजाँच गर्दा झोलामा तीन राउण्ड गोली भेटिएपछि उनी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर