AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दयाहाङको डिग्री माईला पुर्वमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ कार्तिक २०७३, सोमबार १९:२७
3
Shares

विवेक मिश्र
लक्ष्मीर्माग  मण्डला थिएटर नेपालको पुर्वाञ्चल नाट्य यात्रा २०७३ पुर्वाञ्चलका बिभिन्न ठाँउमा ३ गते देखि १३ गते सम्म प्रस्तुुत भईरहेको छ ।

दयाहाङ राईद्घारा निर्देशित डिग्री माईला नामक नाटक दमक, बेलबारी, ईटहरी, बिराटनगर र धरानमा दैनिक दुई शो प्रदर्शन हुदैछ ।

मण्डला थिएटर करिब ६ वर्ष अगाडि नाटकको सिलसिलामा पुर्व आइसकेको भएतापनि दयाहाङ राई भने पहिलो पटक पुर्वाञ्चल नाटक यात्रामा आएका हुन् । दयाहाङ राई, श्रीजना शुब्बा, नाजीर हुसेन, सोमनाथ खनाल, बुद्घि तामाङ(हैट) लगायतका कलाकारहरुको अभिनय रहेको “डिग्री माईला” काठमाण्डौ स्थीत मण्डला थीएटरमा धेरै दर्शकहरु माझ लोकप्रिय भैसकेको छ ।

स्तरीय नाटक हेर्नको लागी काठमाण्डौ नै जानुपर्ने बाध्यतालाई चिर्दै नेपालका पश्चिम तथा पुर्वका बिभिन्न भेगहरुमा नाट्य यात्रा सुरु गर्नाले उपत्यका बाहिरका नाट्य प्रेमि दर्शकहरु उत्साहित रहेको निर्देशक तथा कलाकार दयाहाङ राईले बताए ।

ठुलो अक्षरमा जुनकिरी, मण्डला थीएटर लेखिएको ट्रकलाई मोवाईल थिएटर प्रयोगका साथ आएका कलाकारहरुले त्यहि ट्रकलाईनै मन्च बनाएर नाटक “मनचिन्ते फिरन्ते” प्रदर्शन गरिसकिएको र ग्रामिण भेगका चौरमा समेत करिब २५ सय को संख्यामा दर्सकको उपस्थिति रकेको मण्डलाकै अर्का कलाकार तथा निर्देशक सोमनाथ खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर