सातौ राष्ट्रिय खेलकुदको क्रिकेटमा आर्मी र पुलिस विजयी
पूर्वाञ्चल खबर
९ पुष २०७३, शनिबार १९:५०
3
Shares
पुष्पराज थपलिया
९ पुस,विराटनगर / वृहत सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष क्रिकेटको आज भएको खेलमा नेपाल आर्मीको त्रिभुवन क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन ।
मोरङको झापा बैजनाथपुरको खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले सुदुरपश्चिमाञ्चललाई ८७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धाति २० ओभरमा ३ विकेट गमाई २ सय ९ रनको विशाल योगफल तयार पारेको थियो । आर्मीका नरेश बुढाएरले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा ५ छक्का र ५ चौकाको प्रहार गरी नटआउट ८१ रन, सागर पुनले ४४ रन, विनोद भन्डारीले ३४ रन र राजु रिजालले २२ रनको योगदान गरेका थिए ।
सुदुरपश्चिमाञ्चलका सागर भन्डारी, विनोद लामा र सन्तोष भट्टले समान १ विकेट लिएका थिए ।
जवाफमा २ सय १० रनको विशाल योगफल पछ्याएको सुदुरपश्चिमाञ्चलले निर्धारित ओभरमा ५ विकेट गमाई १ सय २२ रनमात्र जोड्न सक्यो । सुदुरपश्चिमाञ्चले रोशन नेपालले ५३ बलमा १ छक्का र ५ चौका गरी ५० रन र दिपक मण्डलले २२ रन बनाएका थिए । आर्मीका सागर पुन, राहुल विक र राजेश पुलामीले समान १ विकेट लिएका थिए ।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई १७ रनको झिनो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धाति २० ओभरमा ५ विकेट गमाई १ सय ४५ रन बनाएको छ । पुलिसका कप्तान मन्जित श्रेष्ठले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ३ छक्का र २ चौका प्रहार गरी नटआउट ४९ रन, दिपेन्द्र ऐरीले अविजित २८ रनको योगदान गरेका थिए ।
पश्चिमाञ्चलका साह आलमले सर्वाधिक २ विकेट लिएका थिए ।
जवाफमा १ सय ४६ रनको विजय लक्ष्य पछ्याएको पश्चिमाञ्चलले निर्धारित ओभरमा ८ विकेट गमाई १ सय २९ रनमात्र जोड्न सक्यो । पश्मिाञ्चलका शुसान्त भारीले अविजित ३२ रन र लालबहादुर अधिकारीले २७ रन बनाएका थिए । पुलिसका ललितसिंह भण्डारीले ३ विकेट र दिपेन्द्र ऐरीले २ विकेट लिएका थिए ।