RUMPUM
animated ellipse animated ellipse

अव बन्ने कानुन मानव अधिकार मैत्री बन्छ — सभामुख भण्डारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७५, मंगलवार २०:५९
3
Shares

विराटनगर / एक नम्बर प्रदेश सभाका सभामुख प्रदिप भण्डारीले प्रदेश सभाबाट बन्ने कानुन मानव अधिकार मैत्री बन्ने बताएका छन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक विराटनगरले आज विराटनगरमा आयोजना गरेको “नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९”को सार्वजनिकिकरण गर्दै उनले प्रदेशसभाले कानुन निर्माण गर्दा मानव अधिकारका ेमर्मलाई समाबेश गर्ने र त्यसको कार्यन्वयन गर्न प्रतिबद्ध रहेको बताएका हुन। उनले मानवअधिकार लोकतन्त्रको आधार भएको भन्दै लोकतन्त्रमा मात्र मानव अधिकारको संरक्षण र प्रत्याभुतीहुने बताए । उनले इन्सेकले मानवअधिकार संरक्षणको क्षेत्रमा महत्वपुर्ण भुमिकानिर्वाह गरेको बताउदै बर्ष पुस्तक सङग्रहणीय रहेको बताए ।

यसैगरी एक नम्बर प्रदेश सभा सदस्य सावित्रा रेग्मीले अन्य अधिकारसंगै खाद्य अधिकारलाई पनि ध्यान दिन जरुरी रहेको बताइन । उनले खान पाउने अधिकार अहरणीय, अभिभाज्य रहेकोल खाद्य सम्प्रभुता कानुनमा उल्लेख भएको भन्दै ब्यक्तिले खानै नपाए उसको अन्य अधिकारको कुनै अर्थ नहुने भन्दै बताइन । यसैगरी अधिकारकर्मी रेणु अधिकारीले मानवअधिकार उलङघन महिलाका लागि घर भित्र र सबैका लागि निजि ब्यापारिक क्षेत्र चुनौती रहेको बताइन ।

मोरङका प्रमुख जिल्लाअधिकारी रमेश केसीले इन्सेकले गर्ने खबरदारी र बर्ष पुस्तक प्रकाशनले मानव अधिकारको अबस्था विश्लेषण गर्दै निती निर्माण र शासन सुधारमा सहयोग पुग्ने बताए । शासनमा मानव अधिकार प्रबर्धन गर्दैछौ भन्ने मुल्याङकन गर्न इन्सेकले सहयोग गरेको उनले बताए ।

यस्तै मोरङ प्रहरी प्रमुख एस्पी मनोज केसीले मानव अधिकार उलङघनको कुरा आउदा प्रहरी जोडिने गरेको भन्दै अनुसन्धानका क्रममा होस वा अन्य अबस्थामा प्रहरीले कानुन भन्दा माथि नगएको बताए । उनले प्रहरी भित्र पनि तालिम र अधिमुखीकरण कार्यक्रमहरु संचालन गर्दै गएकाकारण पहिले भन्दा धेरै सुधार रहेको बताए । इन्सेक प्रदेश कार्यालय विराटनगरका संयोजक सोमराज थापाले इन्सेकले बर्षमा चार पटक सम्म सरोकारवाला राखेर छलफल गर्ने गरेको बताए ।
सो अबसरमा एक नम्बर प्रदेशमा उत्कृष्ट कार्य गरेको भन्दै पाँचथर जिल्ला प्रतिनिधी मंगल बेघालाई ७ हजार नगदसहित सम्मान पत्रले सम्मान गरीएको छ । बेघालाई कार्यक्रमका प्रमुख अतिथि सभामुख प्रदिप भण्डारीले दोसल्ला ओढाएर सम्मान गरे ।

सन् २०१८ भरी प्रदेश नंम्बर एकमा मानव अधिकार उलङघनका घटनामा ६१ जना र ज्यादतीका घटनामा ७ सय ८७ जना पीडित भएको प्रदेश कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले जानकारी गराए । जसका २८ जना महिला सहित ५८ सहितको हत्या भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर