पूर्वाञ्चल खबर
मोरङ / मोरङको मिक्लाजुङ गाउँपालिका २ साखारे भन्ने स्थानमा आफ्नै काकालाई धारिलो हतियार (खुर्पा) प्रहार गर्ने भतिजालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतवार राती साढे ८ बजे मादक पदार्थ सेवन गरेका भतिजा सोही स्थानका २५ वर्षीय सुमन साउदेन लिम्बुले आफ्नै काका ४२ वर्षीय खेम साउदेन लिम्बुलाई दाउ (खुर्पा) प्रहार गरेका थिए । हतियार प्रहारबाट घाइते लिम्बुलाई उपचारको लागि साझा अस्पताल मधुमल्ला पठाईएको घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।
हतियार प्रहार गर्ने भतिजालाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।