पूर्वाञ्चल खबर
सुनसरी / सुनसरीको दुहबी नगरपालिका ३ फुटानी चौकमा आज यात्रु बाहक बसको ठक्करबाट एक् जना पैदलयात्रीको मृत्यु भएको छ ।
कोशी राजमार्ग अन्तर्गत आज विहान यात्रु बोकेर बिराटनगरबाट धरान तर्फ जाँदै गरेको ना ४ ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह मधुवापुर ५ घर भई हाल दुहबी नगरपालिका ३ फुटानी चौकमा डेरा गरी बस्ने २७ वर्षीया रेखा झालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट झाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
घटनास्थलमा तत्काल प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको छ भने वस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको दुहवी प्रहरीले जनाएको छ ।