RUMPUM
animated ellipse animated ellipse

दिपेश कडेलकोे घातक बलिङले होराइजन उपाधी नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ फाल्गुन २०७५, आईतवार १६:१५
9
Shares

पुष्पराज थपलिया
विराटनगर /होराइनन क्रिकेट क्लब विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको उपाधी नजिक पुगेको छ । आज भएको पहिलो सेमीफाइनल खेलमा होराइजनले विनायक क्रिकेट क्लवलाई १ सय ३५ रनले फराकिलो अन्तरले पराजित गर्दै उपाधी नजिक प्रवेश गरेको हो ।

लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजनले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलव ५ बलमा सवै विकेट गुमाई २ सय रनको मध्यम योगफल तयार पारेको छ । होराइजनका अश्विीनी कामतले ३२ रन,रेवतीरमन यादवले २७ रन,राजन मगरले २४ रन र उत्सव बरालले २२ रनको योगदान दिए । विनायकका कालीचरण यादव, अमित रोय र सुमन मण्डलले समान २–२ विकेट लिए ।

जवाफमा २ सय १ रनकोे मध्यम लक्ष्य पछ्याएको विनायकले दिपेश कडेल र कप्तान पुष्प थापाको घातक बलिङ सामु निहिय हुँदै २० दशमलव ५ बलमा सवै विकेट गुमाएर ६५ रनमा सिमित भयो । विनायकका सिद्धान्त साहले २१ रन र विशाल मण्डलले १५ रनकोे योगदान दिए । होराइनलका म्यान अफ दि म्याच दिपेश कडेलले ५ विकेट लिँदा कप्तान पुष्प थापाले पनि ५ विकेट लिए । कडेलले १० ओभरमा १ मेडन राख्दै २५ रन दि एभने थापाले १० ओभरमा १ मेडन राख्दै ३२ रन दिएका थिए ।

सोमबारको अन्तिम सेमीफाइनल खेल गुराँस पुस्तकालय र एग्रोभेट क्रिकेट क्लबविच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर