RUMPUM
animated ellipse animated ellipse

अभिषेक र आकाशको जोडीलाई उपाधी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०७५, बुधबार १६:३६
3
Shares

काठमाण्डौं / तीनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ्ग र आकाश छन्त्यालको जोडी नवौं बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् ।

किङ्ग कम स्पोर्टस् क्लबको आयोजनामा आज सम्पन्न फाईनलमा देउराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडीलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गर्दै गुरुङ्ग र छन्त्यालको जोडीले उपाधी हात पारेका हुन् ।

बिजेता गुरुङ्ग र छन्त्यालले नगद ४० हजार सहित रनिङ्ग शिल्ड, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । उपबिजयी राना र श्रेष्ठको जोडीले नगद २५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै बुधबारनै तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाको जोडी बिजयी भए । पेम्बा र लोकको जोडीले रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भूवन श्रेष्ठको जोडीमाथि १६–२१, २१–१५ र २३–२१ को कठिन जित निकाल्दै तेश्रो स्थान हात पारेका हुन् । पेम्बा र लोकको जोडीले नगद १५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र हात पारे ।

बिजयी खेलाडीहरुलाई फागुन ४ गते शनिबार हुने बिशेष कार्यक्रमकाबिच प्रमुख अतिथी संघिय प्रतिनिधी सभाका माननिय साँसद तथा पूर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार वितरण गर्ने प्रतियोगिता संयोजक तथा नेपाल ब्याडमिन्टन संघका सचिव नविनविक्रम शाहले जानकारी गराए ।

नव खेलाडी उत्पादन गर्ने उद्धेश्यले राष्ट्रिय बरियतामा शिर्ष २० स्थानमा रहेका खेलाडीहरुलाई प्रतिस्पर्धामा बन्देज गरिएको प्रतियोगितामा २० क्लबका १५० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पुरुष युगलमा मात्र प्रतिस्पर्धा गराईएको प्रतियोगताको लागत ४ लाख ९५ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर