पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा भएको दुई दिने ‘ग्रेडेड स्पोर्ट्स मिट २०७५’ सकिएको छ । दुई दिनसम्म विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट मंगलबार सम्पन्न भएको हो ।
स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको थियो । स्पोर्ट्स मिटमा दौड, ज्याभ्लिङ्ग थ्रो, भलिबल, फुटबल, स्पोन रेस, सटपुट, कवडी, शु रेस, टेवलटेनिस लगायतको खेलहरू संचलान थियो । उक्त स्पोर्ट्स मिटमा नर्सरीदेखि कक्षा १० सम्मका ६ सय विद्यर्थाीहरूले भाग लिएको खेलकुद संयोजक प्रभात बरालले जानकारी दिए ।
स्पोर्टस मिटको प्रथम रोतो हाउस, द्धितीय पहेलो हाउस र तृतीय निलो हाउस घोषित भए । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको प्रिन्सिपल प्रेमलाल सिंह सुवालले बताए ।