पूर्वाञ्चल खबर
ईलाम /ईलामको चुलाचुली गाउँपालिका ५ सिंधुवा खोलाबाट आज बिहान ८० क्यु.फि. सखुवाको काठ सहित ४ जनालाई पक्राउ परेका छन् ।
प्रहरी चौकी पेल्टीमारी र सब डिभिजन वन कार्यालय चुलाचुलीबाट खटिएको संयुक्त टोलीले अवैध रुपमा साईकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा ईलाम माङ्सेबुङ गाउँपालिका ४ का १९ वर्षिय सविन लिम्बु, २१ वर्षिय राजकुमार पाल, १३ वर्षिय सगुन लिम्बु र १५ वर्षिय सुभित राईलाई पक्राउ गरेको हो । काठ सहित ओसारपसारमा प्रयोग भएको २० थान साईकल समेत बरामद गरेको छ ।
बरामद काठ सहित चारै जनालाई आवश्यक कानूनी कारवाहीको लागि सब डिभिजन वन कार्यालय चुलाचुली पठाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।