RUMPUM
animated ellipse animated ellipse

नेकपाले जनयुद्ध दिवस मनाउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७५, सोमबार २०:०९
3
Shares

विराटनगर / तत्कालीन माओवादीले ‘सशस्त्र युद्ध’ थालेको दिन फागुन १ लाई नेकपाले सहिदहरूको स्मृति दिवसका रूपमा मनाउने भएको छ ।

तत्कालिन माओवादीले ‘जनयुद्ध दिवस’को रूपमा मनाउने फागुन १ गतेलाई नेकपाले सहिद स्मृति दिवसको रुपमा देशभर मनाउने भएको हो ।

पार्टी एकताका क्रममा दुवै पार्टीका विगतका संघर्षको सम्मान गर्ने नीतिअनुसार जनयुद्ध सुरु भएको दिन फागुन १ गतेलाई मनाउने निर्णय नेकपाले गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलले पार्टी केन्द्रदेखि तल्लो तहसम्म कार्यक्रम आयोजना गर्न ‘सर्कुलर’ गरेको नेकपा मोरङले जनाएको छ ।

सहिदको सम्मान र सम्झनामा नेकपाले जनयुद्ध दिवस मनाउन लागेको नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए । तत्कालिन नेकपा एमालेले नमानेको भएपनि तत्कालिन माओवादीले एतिहासिक दिनको रुपमा मनाउने दिवसलाई एकीकरणपछि नेकपाले मनाउने भएको उनको भनाइ छ ।

जनयुद्ध दिवसको दिन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्मानमा श्रद्धाञ्जली सभा आयोजना हुने भएको छ । मोरङको पार्टी कार्यालय पाञ्चालीमा बुधबार विहान कार्यक्रम हुने र १७ वटै स्थानीय तहमा कार्यक्रम हुने नेकपा मोरङका प्रस्तावित अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।

जनयुद्ध दिवसको कार्यक्रम केन्द्रमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने तय भएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्षद्वय ओली र दाहाल सहभागी हुने नेकपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर