AArya
RUMPUM
animated ellipse animated ellipse

मजदुर नेता कर्णले थपे अर्को व्यवसाय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ माघ २०७५, आईतवार १८:३९
9
Shares

विराटनगर / नेपाल समाजवादी टे«ड यूनियन महासंघको केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले एक पछि अर्को व्यवसय सुरु गरेका छन् । सक्रिय राजनीतिक जीवन बिताइरहेक कर्णले ‘पूर्वेली होजीयारी’ व्यवसाय सुरु गरेका हुन् ।

आज एक कार्यक्रम आयोजना गरि उक्त व्यवसायको शुभराम्भ गरे । यस अघि ल्याब, गार्मेन्ट र चस्मा पसल सञ्चालनमा ल्याइसकेका छन् ।

‘राजनीतिक नेतृत्वलाई पारदर्शी र जनउत्तरदायी बनाउन आर्थिक आत्मनिर्भरता हुनु जरुरी छ,’ उनले भने, ‘यही मान्यतालाई व्यावहारिक रूपमा पुष्टि गर्न व्यवसाय सुरु गरेको हूँ ।’ विराटनगरस्थित मेन रोडको गोल्सा चौकस्थित सञ्चालनमा आएको पूर्वेली होजीयारीमा विद्यालय, कलेज, बैंक तथा विक्तिय संस्था तथा सरकारी र गैरसहकारी संस्था युनिफर्म पाइने सञ्चालक कर्णले बताए । त्यसको साथै कलेज तथा स्कूलका टाई, बेल्ट, जुक्ता, व्यागसमेत पाइनेछ ।

‘पर्याप्त आर्थिक स्रोतविना राजनीति गर्न सकिदैन । अर्कातर्फ नेताहरूले आफ्नो खर्च आफै जुटाउनुपर्ने बाध्यता पनि छ,’ कर्णले भने, ‘यी दुई आवश्यकता पुरा गर्न व्यवसाय सुरु गरेको हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर