पूर्वाञ्चल खबर
विराटनगर / रजत जयंती वर्ष २०७५ को अवसर पारे विराटनगर १० मा सञ्चालित कोशी विद्या मन्दिरमा केभिएम मन्टेश्वरीले आज केभिएम फन मेलाको आयोजना गरेको छ ।
मेलामा स्कूलमा अध्ययनरत प्ले ग्रुपदेखि कक्षा १ सम्मका १ सय ४५ विद्यार्थीहरुले नृत्य, राइम र अन्य मनमोहक कृयाकलाप प्रदर्शन गरेका थिए । मेलामा उपस्थित अभिभावकहरुले अभिरुचि पूर्वक कार्यक्रम अवलोकन गरेका थिए । कार्यक्रममा विद्यालयका निर्देशक राजेशकुमार दासले विगत २५ बर्षमा विद्यालयले गरेका उपलब्धिको विषय जानकारी गराएका थिए ।
प्रतिकूल मौसमको कारणले कार्यक्रमको केहि भाग आज स्थगन भई भोली सरस्वती पूजाको दिन गरिने प्रिन्सिपल धीजनबाबु काफ्लेले जानकारी गराए ।