RUMPUM
animated ellipse animated ellipse

भारतले उचाल्यो इन्डो–नेपाल बल ब्यामिन्टन शिल्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०७५, बिहीबार १८:०६
3
Shares

विराटनगर / बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनमा सञ्चालन भएको इन्डो–नेपाल बल ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।

विराटनगर ९ मा रहेको मदरटेरेसा स्कूलको खेलमैदानमा आयोजित प्रतियोगितामा भारतले नेपालका छात्रा तथा छात्र टिमलाई हराउदै विजेताको शिल्ड प्राप्त गरेको हो । प्रतियोगितामा नेपालबाट ७५ जना र भारतबाट ७५ जना गरी जम्मा १ सय ५० जना खेलाडीहरु सहभागि रहेका थिए ।

प्रतियोगिताको फाइभस इभेन्टको तेश्रो खेलमा छात्र तर्फ भारतले ३५–१८, ३५–१८ स्कोरले नेपाललाई पराजीत गरेको थियो भने छात्रा तर्फ ३५–१३,३५–२० भारतले पराजित गरेको थियो । छात्र तर्फ भारतका कप्तान राहुलकुमार, प्रभात राना, बैभव दिक्षित, फैसल खान र कुन्दन दिवानले र नेपालका राजिव राय, पप्पु यादब र अनिल यादबले सबैभन्दा बढि स्कोर गरेका थिए । छात्रा तर्फ भारतका सोनाली घोष, तुलसी कुमारी, कंचन सिंह, श्रुती जिवाने र तनु श्री तथा नेपालका सुप्रिया चौधरी, अस्मिता श्रेष्ठ, ज्योति यादवले सबै भन्दा बढी स्कोर गरेका थिए ।

डबल इभेन्ट्सको छात्रतर्फ भारतले ३५–३१, ३५–१७ स्कोरले पराजीत गरेको थियो भने छात्रा तर्फ भारतले ३५–१७, ३५–१८ स्कोरले पराजीत गरेको थियो । प्रतियोगितामा भारतबाट छात्र तर्फब फैसल खान र गुल्सन कुमारले खेलेका थिए भने नेपालबाट छात्र तर्फबाट राजिव राय र मोहमद इजरायलले खेलेका थिए । छात्रा तर्फ भारतका मेघा दुकारे र खुस्बु सोनकरले खेलेका थिए भने नेपालका ज्योति यादव र संजिता दासले खेलेका थिए ।

मिक्स डवल इभेन्ट्समा भारतका सुभम् पाण्डे र श्रुती जिवानेको जोरी र नेपालका राजिव राय र ज्योति यादवको जोडीले प्रतिस्पर्धा गरेको थियो । उक्त प्रतियोगितामा भारतले ३५–२२, ३५–१८ स्कोर गरी नेपाललाई पराजीत गरेको थियो ।

प्रमुख अतिथी प्रदेश नं.१ का सांसद जयराम यादवको पुरस्कार वितरण गर्दै दुई देशीय सम्बन्धलाई यस खेल प्रतियोगिताले अझ मजबुत बनाएको प्रष्ट पारे । सास्कृतीक , भाषिक तथा धार्मिकरुपमा अत्यन्त सुमधुर सम्बन्ध रहेको नेपाल र भारतको सम्बन्ध यस्ता खालका प्रतियोगिताले व्यक्ति व्यक्ति बिचमा पनि भातृत्वको बिकास गर्नुका साथै जनमानस स्तरमा दरिलो सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउँने सांसद यादले बताए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दास, अभिभावक संघ नेपाल प्रदेश नं.१ का अध्यक्ष देवी पन्थी, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बोलेका थिए ।

कार्यक्रमका अध्यक्ष संजयकुमार यादवले यस्ता खालका खेलहरुलाई अझ प्राथमिकताका साथ सञ्चालन र बिस्तार गर्न फेडेरेशन सदैव अग्रसर रहने बताए ।
प्रतियोगितामा बल ब्याटमिन्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमानुसार फाइव इभेन्ट्स, मिक्स इभेन्ट्स र डबल इभेन्ट्स खेलहरु सञ्चालन गरिएको नेपालका महासचिव अमिष रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर