पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा भैरहेको मोरङ जिल्ला स्तरीय ‘ए’ डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्रगत आज भएको खेलमा एग्रोभेट क्रिकेट क्लब विजयी भएको छ ।
एग्रोभेटले मोती क्रिकेट क्लब (एमसिसि)लाई २ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको एमसिसिले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १६ रनको सामान्य योगफल तयार पारेको थियो । एमसिसिकालागि रवी रायले २४ रा बनाउँदा अविषेक बरालले २२ रन र बब्लु राजवंशीले १५ रनको योगदान दिए । एग्रोभेटका सुनील चौधरी र बैजनाथ चौधरीले ३–३ विकेट तथा लालबाहदुर शर्माले २ विकेट लिएका थिए ।
जवाफमा १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको एग्रोभेटले ३५ दशमलव १ बलमा ८ विकेट गुमाउ“दै सो लक्ष्य भेटाएको थियो । एग्रोभेटकालागि लालबहादुर शर्माले अविजित २५ रन जोड्दा संजय मण्डलले १९ रन र बैजनाथ चौधरीले १० रनको योगदान गरेका थिए । एमसिसिका मोती चौधरी र बब्लु राजवंशीले ३–३ विकेट लिएका थिए ।
अलराउण्डर पर्दशन गरेका एग्रोभेट क्रिकेट क्लवका लालबहादुर शर्मा म्यान अफ द म्याच घाषित भए । बुधवारको खेल विनायक क्रिकेट एकेडमी र एमसिसि क्रिकेट क्लब विराटनगर बीच हुने आयोजक लायन्स क्लब अफ विराटनगर योङ हर्टका अध्यक्ष सनातन मण्डलले बताए ।