AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रूपमतीको हत्यापछि बलुवाईको सुकुम्बासी बस्तीमा त्रास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७५, मंगलवार ०७:४०
3
Shares
फाइल तस्वीर
विराटनगर / विराटनगर–८ की ११ वर्षीय रूपमती दास (रूमती)को बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई सार्वजनिक गरेपछि पीडित परिवारले कडा कारवाही गर्न माग गरेको छ । शव भेटिएको एक सातापछि आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा भुट्टु भनिने अब्बास अन्सारी र चन्दु महतो सार्वजनिक गरेको थियो ।

आरोपी सार्वजनिक गरेपछि रूपमतीको परिवारले अपराधीलाई कडा कारवाही गर्न माग गरेको हो । ‘मेरो छोरीलाई संसार देख्न नपाउँदै मारे ।’ रामप्रसादले भने ‘मेरो परिवारको खुसी खोस्नेलाई कडा कारवाही होस् ।’

रूपमती दासको हत्या भएको ९ दिन पूरा भैसकेको छ । जनमजदुरी गरेर चल्दै आएको परिवार सामान्य दैनिकीमा फर्कन सकेको छैन । घटनायता रूपमतीकी आमा मनिदेवीको आँखा ओभाएका छैनन् । सन्तान शोकमा भावुक बनेकी उनी रोई रहन्छिन् ।

सोमबार सम्वादादता पीडितको घरमा पुग्दा मनिदेवीको अवस्था उस्तै थियो । आँगनमा बसेर रोइरहेकी उनलाई एक महिलाले सम्हालिरहेकी थिइन् । ठेला कुदाउँदै आएका रामप्रसाद पनि काममा फर्किएका छैनन् ।

त्रासमा बुलवाही बस्ती

माघ १३ गते सिंघीया खोला किनार नग्न अवस्थामा भेटिएकी दासको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भुट्टु भनिने अब्बास र चन्दु मृतक बालिका ओल्लोघर पल्लो घरका छिमेकी हुन् । अब्बासको घर पुग्न रूमतीको घरकै गल्लीबाट जानुपर्छ । चन्दुको घर रूमतीको घरदेखि पूर्वपट्टी छ ।

बालिकाको शव भेटिएपछि असुरक्षित महसुस गरेको टोलबासी हत्या आरापी सार्वजनिक भएपछि पनि सुरक्षित महसुस गर्न सकेका छैनन् । अझ अब्बास र चन्दुको परिवार बढी त्रासमा छ । ‘दिउँसो त जसोतसो बस्छौ तर राति धेरै डर लाग्छ ।’ अब्बासकी बहिनी अवसना खातुनले भनिन् ‘ आफ्नै घरमा डराएर बस्दैछौ ।’

अब्बासका बुबा सिलाईको काम गर्छन् । अब्बासकी श्रीमती रबिना भने केही समय यता दुई सन्तानसहित माइत बस्दै आएकी छन् । घरमा बुबा र दुई बहिनी मात्र छन् ।

घटनापछि कसैले केही नभनेपनि घर बस्न धेरै असहज भएको अवसनाको गुनासो छ । अब्बासकी कान्छी बहिनी रिजवाना घटनापछि स्कुल जान पाएकी छैनन् । उनी नारायण आधारभूत स्कुलमा कक्षा ३ मा अध्ययनरत छन् । तर रूपमतीको हत्यापछि स्कुल जान पनि डर लागेको उनले बताइन् ।

घटना पछि चन्दुको परिवारपनि त्रासमा छ । बालिकाको शव भेटिएपछि उनकी आमा गनियादेवी दुई दिन छिमेकी रूनादेवी मुखियाको घरमा बास बसेकी थिइन् । दैनिक मजदुरी गर्ने उनी त्यसपछि घरमा बस्दै छिन् । यता रूपमतीको दासको परिवारले पनि सुरक्षित महसुस गरेको छैन ।

चन्दु, अब्बास र रूमतीको परिवार मात्र होइन विराटनगर–८ बलुवाई टोलका सुकुम्बासी बस्ती नै त्रासमा छ । ‘राति कोठाबाट निस्कन धेरै डर लाग्छ ।’ स्थानीय रामवती शर्मा भन्छिन ‘पापीले बच्चालाई त छाडेनन् ।’

स्थानीय लालु दास प्रहरीले हत्या आरोपीलाई समातेपनि लागुऔषध प्रयोकर्ताहरूले अझै गाउँमा त्रास पैदा गरेको बताउँछन् । ‘राति राति घरमा ढुंगा हान्छन् ।’ उनी भन्छन् ‘ गाली नगरेसम्म भाग्दैनन् ।’

बालिकाको हत्या हुन अघि बलुवाई मै रहेको निर्माणधीन पशु बधशाला लागुऔषध प्रयोगकर्ताको अड्डा थियो । घटनापछि बधशालामा दुब्र्यसनी भेला भएका छैनन् । तर बालिकाको घरदेखि पूर्वतर्फ रहेको खाली चौरमा जाने गरेको स्थानीयले बताए ।

डीएस्पी भन्छन्– ‘घर–घर जान्छौं’

बालिकाको शव भेटिएपछि बलुवाई आसपास प्रहरीको उपस्थिति पनि बाक्लो छ । घटनापछि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ‘डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । दैनिक र रात्री गस्ती पनि बढाएको उनको भनाई छ । ‘छिमेकमा घटना भएकाले हामी डोर टु डोर (घर–घर) अभियानमा छौं ।’ उनी भन्छन् ‘स्थानीयको समस्या बुझेर सुरक्षाको प्रत्याभूति दिलाउँछौं ।’ प्रहरीले लागुऔषध प्रयोगकर्ताको अड्डा पनि हटाइदिएको उनको दावी छ । यो समाचार आजको उद्घोष दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर