AArya
RUMPUM
animated ellipse animated ellipse

राजु र विजयको जोडी अन्तिम आठमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० माघ २०७५, आईतवार १७:२८
3
Shares

भिमसेनगोला / आयोजक किङ्गकम क्लबका राजु राजयमाझी र बिजय थापाको जोडी नवौं बविन स्मृती ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् । पुरुष युगलमा मात्र भएको प्रतियोगितामा राजु र बिजयको जोडीले जोरपाटी क्लबका कृष्ण थापा र कुमार बि.क.को जोडीलाई २१–१७, २१–१८ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् ।

भिमसेनगोलास्थित आउटडोर एकल कोर्टमा भएको अर्को प्रतिस्पर्धामा आयोजकका केशव पौडेल र रञ्जित सिंहको जोडी पराजित भएको छ । पौडेल र सिंहको जोडी ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडी संग २१–१०, २१–३ ले पराजित भएका हुन् ।

यसैगरि अन्तिम आठमा स्थान बनाउने क्रममा एपिएफका निरञ्जन देवकोटा र बिशाल तामाङ्गको जोडी आयोजकका ध्रुव लामा र नारायण विक्रम पाण्डेको जोडीलाई २१–१२, २१–८ ले पराजि गरे । देउराली क्लबका हिमांशु श्रेष्ठ र थम रानाको जोडी पनि देवीनगर ब्याडमिन्टन क्लबका तुल्सी पुरी र खेम सुब्बाको जोडीबाट वाक ओभर प्राप्त गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर