पूर्वाञ्चल खबर
विराटनगर / टी–२० अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक हान्ने नेपाली यूवा क्रिकेटर सन्दीप जोरा सवैभन्दा यूवा खेलाडी विश्व कीर्तिमान राहेका छन् । उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको डेब्यू खेलमा अविजित ५३ रन बनाएका हुन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपालका यूवा ब्याट्सम्यान सन्दीपले कम उमेरमा अन्तराष्ट्रिय क्रिकेटको टी–२० संस्करणमा अर्धशतक प्रहार गर्ने खेलाडी भएको उल्लेख गरेको छ ।
सन्दिीप जोराले क्यानडाका हिरल पटेलको नाममा रहेको उक्त कीर्तिमान तोडेका हुन् । हिरलले २०१० मा १८ वर्ष १ सय ७७ दिनको उमेरमा आयरल्याण्डविरुद्ध अर्धशतक बनाए विश्व कीर्तिमान राखेका थिए । डेब्यू खेलमा अर्धशतक बनाउने उनी २० औँ खेलाडी रहे हुन् ।