RUMPUM
animated ellipse animated ellipse

ट्याक्सी चालक विराटनगरको अध्यक्षमा कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०७५, बिहीबार १७:११
90
Shares

विराटनगर / नेपाल यातायत स्वतन्त्र मजदुर संगठन ट्याक्सी चालक इकाई कमिटि विराटनगरको अध्यक्षमा प्रमोद कार्की चयन भएका छन् । विराटनगरमा आज भएको प्रथम साधारण सभाले कार्कीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पवन गिरी, सचिवमा दुर्गा दाहाल, सहसचिवमा धनेश्वर साह, कोषाध्यक्षमा चन्दन मण्डल रहेका छन् । सदस्यहरूमा विनोद कामत, गोपालप्रसाद दाहाल, सम्भू गुप्ता, गोविन्द रेग्मी, टिका श्रेष्ठ, भीम वास्की(तल्लु) रहेका छन् । सल्लाकारहरूमा मो.कलिन, सुर्दशन राय र श्यामदेव मण्डल चयन भएका छन् ।

इकाई समितिले विराटनगर एयरपोट ट्याक्सी प्रबद्धन प्रा.लिमा गएपछि अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रममा नेपाल टे«ड युनियन महासंघ जिफन्ट १ नम्बर प्रदेश अध्यक्ष किशोर धमला, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन विराटनगर महानगर कमिटि अध्यक्ष उत्तम बन्जरालगायले बोलेका थिए । नवनिर्वाचत पदाधिकारीहरूलाई बन्जराले सपथ गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर