पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–१ म रहेको एजेलिया मन्टेश्वरी एण्ड से. बो. स्कूलमा स्पोर्टस मिट मंगलबारदेखिसुरू भएको छ ।
माघ १७ गतेसम्म सञ्चालन हुने स्पोर्टस मिटमा फुटबल, भलीबल, कबड्डी, दौडलगायत एक दर्जनभन्दा बढी खेलहरू समावेस गरिएका स्कूलका प्रिन्सिपल सेवक बजगाईले जमनकारी दिए । स्कूलमा अध्ययनरत प्ले ग्रुपदेखि कक्षा ९ सम्मका ३ सय ५१ छात्र तथा छात्राहरूलाई समावेश गरेको प्रिन्सिपल बजगाईले बताए ।
प्रमुख अतिथि शिक्षा महाशाखाका प्रमुख रूद्र दुलालले उद्घाटन गरेका थिए । आज भएको खेलमा स्लो साइकल रेस, रनिङ दौड, बोरा दौड, कबड्डी र वौद्धिक परीक्षण जस्ता खेलहरू सम्पन्न भएको छ । स्लो साइकल रेसतर्फ कक्षा ९ का छात्र बब्लु यादव र कक्षा ८ का छात्र राहुल यादवले क्रमश ः प्रथम र द्वितीय स्थान हासिल गरेका थिए । त्यस्तै छात्रा बोरा दौड तर्फ कक्षा ८ की छात्रा सिवानी चौधरी, कक्षा ९ की छात्रा सुस्मिता आचार्य र कक्षा ९ कै छात्रा युनिका गीरीले क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका थिए । त्यस्तै वौद्धिक परीक्षण तर्फ कक्षा ६ का छात्र प्रयास रेग्मी, छात्रा प्रशंसा अर्याल र छात्रा प्रिन्सा कटुवालले क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । उत्कृष्ट हुने सवै विद्यार्थीहरुलाई समापनमा पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने स्कूलले जनाएको छ ।