RUMPUM
animated ellipse animated ellipse

रुपमती हत्या छानविनका क्रममा छ जना नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ माघ २०७५, सोमबार २०:५८
3
Shares
फाइल तस्वीर

विराटनगर / विराटनगर–८ बलुवाही स्थित सिंघीया खोला किनारमा मृत भेटिएकी बालिकाको हत्या भएको आशंका भएपछि प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

संकास्पद अवस्थामा बालिकाको शव खोलामा भेटिएको र टिभि हेर्न छिमेकीको घरतर्फ जाँदा ११ वर्षीया रुपमती दास बाटोबाटै हराउँनुले कर्तव्य गरी हत्या भएको आशंका बढेको हो ।

हत्यामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले आज घटनास्थल आसपासका ६ जनालाई नियन्त्रणमा लिएको हो । ‘शंकास्पद रुपमा बालिकाको हत्या भएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘यस घटनामा हामीले थुप्रैसँग सोधपुछ गरेका छौं ।’ प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाम भने खुलाको छैन । अहिले घटना अनुसन्धानकै क्रममा छ अहिले नै कुनै प्रतिकृया दिन सक्ने अवस्था भने नरहेको प्रहरीले जनाएको छ । यस घटनामा मोरङ प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले छुट्टा–छुट्टै अनुसन्धान अगाडि बढाएको छ । पोस्मार्टम पछि प्रहरीले शव परिवारलाई बुझाएको छ ।

स्थानीयबासीले भने रुपमतिको बलात्कारपछि हत्या भएको आशंका गरेका छन्। ११ वर्षीया बालिका रुपमति दासको शव आइतबार दिउँसो घरभन्दा ५ सय मिटर दक्षिणपूर्व सिंघीया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर