RUMPUM
animated ellipse animated ellipse

पोखरेल र नेपाल सम्मानित हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७५, आईतवार १४:४१
3
Shares

विराटनगर / दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७५ वाट यो वर्ष प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा आज वसेको वैठकले सो निर्णय गरेको हो । भाषा सहित्य पुरस्कारतर्फ ५१ हजार तथा पत्रकारिता पुरस्कारतर्फ २५ हजार राषि रहेको सो पुरस्कार फागुन अन्तिममा विराटनगरमा एक कार्यक्रमको आयोजनागरी प्रदान गरिने प्रतिष्ठानका कोष व्यवस्थापक सरदराज सुवेदीले वताए ।

विराटनगरका वरिष्ठ साहित्यकार दधिराज सुवेदीका छोराद्धय सरदराज सुवेदी र रुपकराज सुवेदीले १५ लाखको अक्षयकोष स्थापनागरी वुवाको नाममा कोष स्थापना गरेका हुन् ।
विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई विगत तिन वर्षदेखि प्रतिष्ठानले पुरस्कार वितरण गर्दै आएको छ । प्रतिष्ठानले यस अघि प्राडा गोविन्दराज भट्राई तथा डा. अभि सुवेदीलाई तथा राष्ट्रिय पत्रकारिता पुरस्कारवाट हरिवहादुुर थापा तथा शिववहादुर कार्कीलाई पुरस्किृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर